स्ट्यान्डर्ड चार्टर्ड बैंक एनपिएस र नेपाल पेमा आबद्ध

बुधबार, २० कार्तिक, २०८२
डिजिटल संस्करण

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र एनसिएचएलबिच एनपिएस तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा हेड अफ कभरेज, नेपाल गोरख राणा तथा एनसिएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

एनपिएस–एनसिएसको पूर्वाधारको तयारीपश्चात् व्यावसायिक सञ्चालन गर्ने तयारीमा रहेको एनसिएचएलले बैंक वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्युइङ र अक्वायरिङका लागि स्विच इन्टिग्रेट गर्न आवश्यक समन्वय र सहयोग गर्दे आएको छ । नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउटपश्चात् स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ग्राहकका लागि उक्त कार्ड अक्वायर र इस्यु गर्न सक्नेछन् ।

सुझावित समाचार