ट्रम्प र सीबिच दक्षिण कोरियामा भेटवार्ता

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच दक्षिण कोरियामा भेटवार्ता भएको छ।

एसिया भ्रमणमा रहेका ट्रम्पले सीसँग लामो छलफल गरेका छन्। उनीहरूबिच एक घण्टा ४० मिनेट छलफल भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। कुन–कुन विषयमा छलफल भयो भन्ने विषयमा दुवै पक्ष बोलेका छैनन्। दक्षिण कोरियाको बुसान सहरमा उनीहरूबिच भेटवार्ता भएको हो। पछिल्लो समय बढेको भन्सार शुल्कको विषयमा छलफल भएको आकलन गरिएको छ। ट्रम्पले चीनसँग छिट्टै वाणिज्य सम्झौता हुन सक्ने बताएका छन्। 

सुझावित समाचार