सन् १९९५ : क्यानडाको फान्सेलीभाषीको बाहुल्य रहेको क्युवेक राज्य स्वतन्त्र देश बन्नुपर्ने वा क्यानडामा रहनुपर्ने प्रश्नमाथि जनमतसंग्रह भयो । ५०.५८ प्रतिशतको झिनो मतान्तरले क्यानडा रहनुपर्ने पक्षले जित हासिल गर्यो ।
सन् १९०५ : ठुलो आन्दोलनको दबाबमा रुसी जार निकोलस द्वितीयले अक्टोबर घोषणापत्र जारी गरे । त्यसले डुमा (संसद्) खुलाउनेदेखि कैयौँ नागरिक अधिकार प्रदान गरेको थियो ।
सन् १९१८ : अस्ट्रो–हंगेरी सम्राज्यको हिस्सा रहेको स्लोभाक क्षेत्रलाई स्वतन्त्र राष्ट्र घोषणा गर्दै ‘मार्टिन घोषणापत्र’ जारी ।
सन् १९१८ : अटोमन साम्राज्यले प्रतिद्वन्द्वी शक्तिसँग युद्धविराममा हस्ताक्षर गर्दै पहिलो विश्वयुद्धबाट बाहिरिएको घोषणा गर्यो ।
सन् १९२२ : तीस हजार कालो वस्त्र लगाएका फासीवादीले राजधानीमा र्याली निकालेपछि राजा भिक्टर इम्यानुयल तृतीयले फासीवादी नेता वेनितो मुसोलिनीलाई सरकार गठनका लागि आह्वान गरे ।
सन् १९४७ : २३ देशले व्यापार अवरोध हटाउनेसम्बन्धी जेनरल एग्रिमेन्ट अन ट्यारिफ एन्ड ट्रेड (जिएटिटी)मा हस्ताक्षर गरे, जुन पछि गएर विश्व व्यापार संगठनमा विकसित भयो ।
सन् १९६० : माइकल वुडरुफ नेतृत्वको टोलीले बेलायतको एडिनबर्ग रोयल इनफर्मरीमा विश्वको पहिलो सफल मिर्गौला प्रत्यारोपण गर्यो ।
सन् १९६१ : हालसम्म बनाइएको सबैभन्दा शक्तिशाली आणविक बम ‘जार बोम्बा’ सोभियत संघले यसै दिन परीक्षण गर्यो ।
सन् १९८० : होन्डुरस र अल सल्भाडोरबिच सन् १९६९ को जुलाई १४ देखि १८ बिच भएको चारदिने युद्धसम्बन्धमा शान्तिसम्झौता भयो । सन् १९७० को फिफा विश्वकपको छनोटका लागि भएको प्रतिस्पर्धाको समयबाट सुरु भएकाले यो ‘फुटबल युद्ध’का नामले चिनिन्छ ।
सन् २०२२ : ब्राजिलमा लुइस इनासियो लुला दा सिल्भा जेयर बोल्सोनारोलाई हराउँदै तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिए ।