जनताले आफैँ फैसला गर्ने सबैभन्दा लोकतान्त्रिक विधि निर्वाचन हो : प्रकाण्ड

मंगलबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण
जनताले आफैँ फैसला गर्ने सबैभन्दा लोकतान्त्रिक विधि निर्वाचन हो : प्रकाण्ड

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दलका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जनताले आफैँ फैसला गर्न पाउने सबैभन्दा लोकतान्त्रिक विधि निर्वाचन नै रहेको बताएका छन्।

मंगलबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले यस्तो बताएका हुन्।

‘नयाँ अभ्यासको निम्ति, नेपालको राजनीतिक आन्दोलनमा, नेपालको परिवर्तनको आन्दोलनमा, नेपालको क्रान्तिको आन्दोलनमा एउटा नयाँ दृष्टिकोणसहित नयाँ नीति अघि सारेर हामीले जनताको आफ्नै अधिकारको कुरा र जनताको मुद्दाको कुरा, सिस्टमको कुरा र जनताको चाहनाको कुरालाई जनताले आफैँ फैसला गर्ने सबैभन्दा डेमोक्य्राटिक विधि र त्यो विधिमा जनतालाई निर्विवाद कुनै अवरोधविना प्रवेश गर्न पाउने र फैसला गर्न पाउने एउटा विधि भनेको इलेक्सन हो,’ उनले भने।

निर्वाचनका लागि दल दर्ताको अभ्यास आफूहरूको पार्टीको जीवनमा नयाँ रहेको उल्लेख गर्दै प्रकाण्डले आजको दिन ऐतिहासिक भएको जिकिर गरे।

प्रकाण्डसहितका नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका छन्।

सुझावित समाचार