एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार जापान पुगेका छन्। जापानसँग व्यापार र रक्षासम्बन्धी सम्झौता हुने बताइएको छ।
सोमबार उनले जापानको सम्राट् नारुहितोसँग भेटवार्ता गरेका छन्। मंगलबार जापानकी प्रधानमन्त्री सानेई टाकाइचीसँग उनको भेटवार्ता हुँदै छ। जसमा विभिन्न सम्झौताका लागि तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनको सुरक्षाका लागि टोकियामा २० हजार सुरक्षाकर्मी खटाइएको छ। सम्भावित आतंंकवादी हमाला रोक्न ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो।
ट्रम्प मलेसियामा एक दिन बसेर जापान पुगेका हुन्। बुधबार उनी दक्षिण कोरिया जानेछन्। जहाँ चिनियाँ प्रधानमन्त्री सी जिनपिङसँग भेटवार्ता हुँदै छ। उत्तर कोरियाका राष्ट्रपनि किम जोनउनसँग पनि वार्ताको प्रयास भइरहेको छ।