जमलमा नगद र सुनका गहना लुटपाट, दुई युवतीसहित तीन पक्राउ

आइतबार, १० कार्तिक, २०८२
डिजिटल संस्करण

काठमाडौंको जमलमा नगद, सुनका गहना र मोबाइल लुट्ने तीनजना पक्राउ गरेका छन्। गत ४ कात्तिकको बिहान ३ बजेको समयमा राष्ट्रिय नाचघरअगाडि सडकमा एक व्यक्तिलाई कुटपिट गरी सुनको गहना, नगद र मोबाइल लुटिएको थियो। 

घटनामा संलग्न हेटौँडा घर भएका अर्जुन श्रेष्ठ, झापा घर भएकी सिर्जना राई र रामेछाप घर भएकी विनिता मगर छन्। उनीहरूबाट प्रहरीले लुटिएको गहना, मोबाइल र दुई हजार दुई सय ३५  नगद बरामद गरेको छ। चोरी तथा लुटपाटको कसुरमा अदालतबाट ६ दिनको म्याद लिएर उनीहरूमाथि कारबाही अघि बढाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए। 

सुझावित समाचार