सन् २००१ : सन् २००१ को ११ सेप्टेम्बरको अतिवादी हमलापछि सोही महिना अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसले ‘प्याट्रिअट एक्ट’ लागू गरेका थिए । सो कानुनअन्तर्गत सुरक्षा निकायलाई अतिवादीविरुद्ध लड्न अमेरिकामा थप अधिकार दिइएको थियो ।
सन् १८६३ : विश्वकै पुरानो फुटबल निकाय फुटबल संघ लन्डनमा स्थापना गरिएको थियो । यसको स्थपानासँगै फुटबल खेलबारे नयाँ नियम बनाइएको थियो ।
सन् १९४७ : सन् १९४७ मा जम्मु तथा काश्मिरका अन्तिम महाराजा हरि सिंहले ‘इन्स्ट्रुमेन्ट अफ एक्सेसन’मा हस्ताक्षर गरेका थिए । हस्ताक्षरपछि काश्मिर भारतको अधीनमा रहने र त्यसको बदलामा भारतीय सेनाले राजाको रक्षा गर्ने उल्लेख थियो ।
सन् १९७९ : दक्षिण कोरियाली राष्ट्रपति पार्क चुङ हीको हत्या भएको थियो । हीलाई उनकै लामो समयदेखिका साथी तथा कोरियाली केन्द्रीय गुप्तचर निकायका प्रमुख किम जाय क्वयुले हत्या गरेका थिए । उनलाई आजीवन कारावासको सजाय तोकिएको थियो ।
सन् १९८४ : अमेरिकाकी बालिक बेबी फेईमा लंगुरको मुटु प्रत्यारोपण भएको थियो । १४ अक्टोबरमा जन्मिएकी ती बालिका जन्मिँदै मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिइन् । शल्यक्रिया सफल भए पनि बालिकाको शरीरले प्रत्यारोपण गरेको मुटु शल्यक्रिया गर्दा धान्न नसकेपछि केही सातापछि उनको मृत्यु भएको थियो ।