राष्ट्रपति रामचन्द्र पौडेलले गरे गाईपूजा

बुधबार, ६ कार्तिक, २०८२
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ गाईतिहार अर्थात् यमपञ्चकका अवसरमा आज गाईपूजा गरेका छन्। राष्ट्रपति पौडेलले शीतलनिवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएर मालासमेत लगाइदिएका छन्।

कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।

गाईको पूजा गरी आजका दिन मिठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ।वैदिक सनातन हिन्दु धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ। 

गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रूपमा राखिएको छ। आज गाईको पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।     

See More On

सुझावित समाचार