विभिन्न जिल्लाबाट एकैदिन १०९ जुवाडे पक्राउ

बुधबार, ५ कार्तिक, २०८२
डिजिटल संस्करण

तिहारमा पेसेवर शैलीमा जुवा खेल्ने १०९ जना पक्राउ परेका छन्। प्रहरीले विभिन्न जिल्लाबाट जुवाडे पक्राउ गरेको हो। 

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका– १३ चुनिखेलस्थित नेवा चुली रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रिसोर्टका सञ्चालक सोही ठाउँ बस्ने ३१ वर्षीय राकेश श्रेष्ठसमेत नाैजनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंसमेतबाट खटिएको प्रहरी टाेलीले उनीहरूलाई नगद दुई लाख ३१ हजार रुपैयाँ र १६ बुक ताससहित पक्राउ गरेको हो ।

चितवन, खैरहनी नगरपालिका– ११ बस्ने ५६ वर्षीय एकबहादुर भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा एकबहादुरसमेत ११ जनालाई पनि सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टाेलीले उनीहरूलाई नगद एक लाख ५० हजार ७२० रुपैयाँ र पाँच बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी चितवन, भरतपुर महानगरपालिका– १०, ओदान रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा रेस्टुरेन्टका सञ्चालक सोही नगरपालिका– ५ बस्ने ५३ वर्षीय वासु रिमालसमेत १० जनालाई गएराति प्रहरीले प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टाेलीले उनीहरूलाई नगद दुई लाख ११ हजार २१० रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका– २, मोहरिया टोल बस्ने दीपक विकको घरमा जुवातास खेलिरहेको अवस्थामा दीपकसमेत आठजनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टाेलीले उनीहरूलाई नगद दुई लाख ७३ हजार ४४५ रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

कास्कीकै पोखरा महानगरपालिका– २६ विजयपुरस्थित लप्सीबोट सामुदायिक जंगलमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही महानगरपालिका– २६, बुढीबजार बस्ने ४४
वर्षीय हेमबहादुर रानाभाटसमेत सातजनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टाेलीले उनीहरूलाई नगद ७७ हजार २०५
रुपैयाँ र १४ थान कौडासहित पक्राउ गरेको हो ।

भक्तपुरको भक्तपुर नगरपालिका– ४, बुल्छामा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका– ४ बस्ने ४७ वर्षीय दयाराम सायजूसमेत २७ जनालाई गएराति प्रहरीले पक्राउ
गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टाेलीले उनीहरूलाई नगद नाै लाख २३ हजार ९६० रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।

दाङ, राप्ती गाउँपालिका– २, लालमटियास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय नरेश बुढासमेत १४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ४९ हजार ७९५ रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका– ४, खैलार बस्ने टोपबहादुर थापाको घर जुवातास खेलिरहेको अवस्थामा टोपबहादुरसमेत नाैजनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।


इलाका प्रहरी कार्यालय बग्नाह भुरीगाउँबाट खटिएको प्रहरी टाेलीले उनीहरूलाई नगद एक लाख ५० हजार ७२५ रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

स्याङ्जा, गल्याङ नगरपालिका– १, मालुङ्गा बस्ने ५० वर्षीय गणेश बस्यालको घरमा जुवातास खेलिरहेको अवस्थामा गणेशसमेत सातजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जासमेतबाट खटिएका प्रहरीले उनीहरूलाई नगद एक लाख ९७ हजार सात सय रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेदकोट नगरपालिका– ३, दैजीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय हिक्मतसिंह रावलसमेत सातजनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट दैजीबाट खटिएको प्रहरी टाेलीले उनीहरूलाई नगद ५१ हजार दुई सय ६० रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको हो ।

सुझावित समाचार