इतिहासमा आज

सोमबार, ४ कार्तिक, २०८२
डिजिटल संस्करण

सन् २०११ : लिबियामा चलिरहेको गृहयुद्धका क्रममा फरार रहेका राष्ट्रप्रमुख मुअम्मर गद्दाफी विद्रोहीको फन्दामा परे । आफ्नै गृहनगर सिर्तेमा पक्राउ परेलगत्तै गद्दाफीलाई भिडले मारेको थियो ।

सन् १८१८ : क्यानडामा शासन गरिरहेको बेलायत र अमेरिकाबिच ४९औँ प्यारलेललाई क्यानडा र अमेरिकाको सिमाना मान्ने सहमति भयो ।

सन् १९०४ : बोलिभिया र चिल्लीबिच ‘प्यासिफिक युद्ध’ अन्त्य गर्ने एक सन्धिमा हस्ताक्षर भयो । सन्धिले विवादित समुद्री किनारको भूभागमाथि चिल्लीको नियन्त्रण कायम गर्यो । तथापि, सन्धिमा चिल्लीले बोलिभियालाई समुद्रसम्म पहुँच दिने रेलमार्ग निर्माणका लागि जमिन दिने उल्लेख छ ।

सन् १९३५ : चिनियाँ कम्युनिस्ट पार्टीले सुरु गरेको ‘लङ मार्च’ साङ्ची प्रान्तको यनानमा अन्त्य गर्यो । यो यात्रा अभियानको नेतृत्व गरेका माओत्सेतुङ पार्टीभित्र शक्तिशाली नेताको रूपमा उदाए ।

सन् १९३८ : नाजी जर्मनीको प्रभावमा परेको चेकोस्लोभाकिया सरकारले नाजी नीति अनुसरण गर्दै देशको कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगायो । त्यस्तै, उसले देशभित्रका यहुदीको नरसंहार सुरु गर्यो ।

सन् १९४५ : इजिप्ट, सिरिया, इराक र लेबनानले अरबी प्रायद्वीपको प्यालेस्टाइनमा यहुदी राज्य निर्माणका लागि चलिरहेको प्रयासलाई संयुक्त रूपमा विरोध गर्ने उद्देश्यले एक गठबन्धन बनाए ।

सन् १९६८ : अमेरिका पूर्व‘फस्ट लेडी’ ज्याकलिन क्यानेडी (जोन एफ केनेडीकी श्रीमती)ले ग्रिक धनाढ्य एरिस्टोटल ओनासिससँग विवाह गरिन् । उनी श्रीमान् (पूर्वराष्ट्रपति)को मृत्युपछि पुन: विवाह गर्ने एक मात्र अमेरिकी फस्र्ट लेडी हुन् ।

सन् १९७३ : इजरायल–अरब युद्धमा अमेरिकाले इजरायललाई साथ दिएको विरोधमा तेल उत्पादक अरब मुलुकले अमेरिकालाई तेल आपूर्ति बन्द गरे । 

सुझावित समाचार