पारदर्शिताका लागि हलेसी डेकोरले सुरु गर्‍यो डिजिटल बिल प्रणाली

बिहिबार, ३० असोज, २०८२
डिजिटल संस्करण

हलेसी डेकोरले व्यापारिक इमानदारी र पारदर्शितालाई थप सबल बनाउन डिजिटल कम्प्युटराइज्ड बिल प्रणाली लागू गरेको घोषणा गरेको छ । कम्पनीले लगातार १५ वर्षको सफल सेवापछि अब व्यापारिक इमानदारी र पारदर्शिता कायम गर्न डिजिटल बिल प्रणाली सुरु गरेको हो । कम्पनीले कुर्सी, पर्दा, सोफा, कार्पेट, फर्निचर, पार्केट, म्याट्रेस, सिरानी, बेडसिटलगायतका घर तथा कार्यालय सजावट सामग्री उपलब्ध गराउँदै आएको छ । 

‘व्यापारमा इमान्दारिता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल सन्देशसहित सुरु गरिएको अभियानअन्तर्गत अब प्रत्येक कारोबार कम्प्युटर–जेनरेटेड बिलमार्फत हुनेछ र सबै सामानमा अधिकतम थोक मूल्य स्पष्ट रूपमा उल्लेख गरिनेछ । यसले ग्राहक र कम्पनीबिचको कारोबार सुरक्षित, प्रमाणित र विश्वासिलो बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

सुझावित समाचार