विपिन जोशीको मृत्यु भइसकेको हमासको जानकारी, इजरायललाई शव बुझाउने तयारी

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

असोज ०८० देखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको पहिले नै मृत्यु भएको र हमासले इजरायललाई आज शव हस्तान्तरण गर्न लागेको जानकारी दिएको छ।

हमास समूहले इजरायली रक्षा बल (आइडिएफ)लाई  जोशीसहित चारजनाको शव हस्तान्तरण गर्न लागेको नेपाली राजदूतावासलाई जानकारी आएको छ। परराष्ट्र मन्त्रालयले यसबारे इजरायल सरकारसँग नजिकबाट काम गर्न इजरायलस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएको छ। 

इजरायलस्थित नेपालका अवैतनिक महावाणिज्यदूत नद्दाब बेन यहुदा (जो इजरायली सेनामा पनि कार्यरत छन्ले) तेल अभिभस्थित नेपाली राजदूतावासमा नियोग उपप्रमुख कुमार श्रेष्ठलाई जोशीको शवबारे जानकारी दिएका थिए। यसबारे इजरायली अधिकारीहरूले विपिनको परिवारलाई पनि जानकारी गराइसकेका छन्। विपिनको मृत्यु कहिले भएको भन्नेबारेमा भने केही खुलेको छैन। 

‘पछिल्लो जानकारीका सन्दर्भमा इजरायली अधिकारीहरूसँग थप विवरणका सन्दर्भमा सम्पर्कमा रहन निर्देशन दिइएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ पत्रिकासँग भने।
 

सुझावित समाचार