इजरायल–हमास युद्धविराम कार्यान्वयनमा संशय

विगत दुई वर्षमा इजरायली सेनाले गाजालाई लगभग ध्वस्त पारेको छ र गाजापट्टीको जनसंख्या चरम भोकमरीको चपेटामा परेको छ

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

युद्धका दुवै पक्षले अर्को युद्धविराममा सहमति जनाएपछि गाजा र इजरायल दुवैमा खुसियालीका दृश्य देखिएका छन् । यदि सबै कुरा ठिकठाक रह्यो भने इजरायल र हमासद्वारा लागू गरिएको यो तेस्रो युद्धविराम मात्र हुनेछ, तथापि हिंसा रोक्न प्रयासस्वरूप अन्य धेरै सम्झौता भएका छन् । यहाँ खुसी हुनुपर्ने धेरै कुरा छन् । सबैभन्दा उल्लेखनीय कुरा यो युद्धविरामले गाजामा प्यालेस्टिनीविरुद्ध हिंसाको नरसंहार अभियानको रूपमा स्थापित भएको विषयलाई रोक्नेछ, हमासद्वारा राखिएका सबै बन्धकको रिहाइ र गाजामा भोकमरीको अवस्था कम गर्न त्यहाँ सहायता पुनः सुरु हुनेछ ।

यद्यपि, त्यहाँ धेरै थाहा नपाएका विषय पनि छन् । यस युद्धविरामको ‘पहिलो चरण’का सर्त नोभेम्बर २०२३ र जनवरी २०२५ मा अघिल्ला युद्धविराममा पूर्वाभ्यास गरिएको भए पनि धेरै अन्य सर्त अस्पष्ट छन् । यसले तिनीहरूको कार्यान्वयनलाई गाह्रो र सम्भवतः विवादित बनाउँछ । यो चरण पूरा भएपछि धेरै कुरा घरेलु इजरायली राजनीति र ट्रम्प प्रशासनको तत्परतामा निर्भर हुनेछ ।

दुवै पक्षलाई सहज
युद्धविराम सम्झौता सेप्टेम्बर २९ मा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगै ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक गरेको २० बुँदे योजनामा आधारित देखिन्छ । ‘पहिलो चरण’ भनिएको यस योजनामा कार्यान्वयन गरिने कुरा युद्धविरामका व्यावहारिक, विस्तृत र तत्कालका सर्त हुन् ।
दुवै पक्षद्वारा जारी गरिएको शान्ति योजनाको पाठमा यी सर्त निम्नानुसार उल्लेख गरिएका छन् :

बुँदा ३ – युद्धको ‘तत्काल’ अन्त्य र ‘सहमत रेखा’मा इजरायली सेना फिर्ता ।

बुँदा ४ र ५ – प्यालेस्टिनी कैदीहरूको बदलामा हमासद्वारा सबै जीवित र मृतक बन्धकहरूको रिहाइ ।

बुँदा ७ – जनवरीको युद्धविराम सम्झौताका सर्तअनुरूप गाजापट्टीमा प्रवाहित हुने पूर्ण सहायता ।

यी चरणहरू सकारात्मक भए तापनि युद्धविराम सम्झौताको अंशको रूपमा यी दुवै पक्षले स्वीकार गर्र्नेे न्यूनतम कुरा हुन् ।विगत दुई वर्षमा इजरायली सेनाले गाजालाई लगभग ध्वस्त पारेको छ र गाजापट्टीको जनसंख्या भोकमरीको चपेटामा परेको छ । इजरायली सरकारमाथि बन्धकहरूलाई घर फर्काउन ठुलो घरेलु दबाब पनि छ भने हमाससँग उनीहरूको रिहाइबाहेक खेल्नका लागि कुनै कार्ड बाँकी छैन । यी विशेष सर्तको पाठ यसरी मस्यौदा गरिएको छ कि इजरायल र हमास दुवैलाई के गर्ने र कहिले गर्ने भन्ने थाहा छ । यसले गर्दा उनीहरूले सर्त पालना गर्ने सम्भावना बढी हुन्छ ।

युद्धविराम सम्झौताको अस्पष्ट सर्तसँगै इजरायललाई धेरै गतिशीलता प्रदान गर्नेछ । उदाहरणका लागि हमासले सम्झौताका सर्त पालना नगरेको दाबी गर्दै इजरायली सरकारले पुनः बमबारी सुरु गर्न सक्छ, सहायता कटौती गर्न सक्छ वा गाजामा प्यालेस्टिनीलाई थप विस्थापित गर्न सक्छ ।

यी सर्तमा दुवै पक्षको निहित स्वार्थ पनि छ । यसबाहेक सन् २०२३ को नोभेम्बर र यसै वर्षको जनवरीमा गाजा युद्धविरामको समयमा दुवै पक्षले यी सर्त पहिले नै चालिसकेका छन् । यो कुरालाई मनन गर्दै म आशा गर्छु कि यी सर्तहरू आगामी दिनमा लागू हुनेछन् । त्यसपछि के हुनेछ भन्ने कुरा कम स्पष्ट छ ।

चौतर्फी अनिश्चितता कायमै
युद्धविरामको पहिलो चरण लागू भएपछि हमासले आफूलाई २०११ मा सुरु भएको सिरियाली गृहयुद्धको समयमा भएको युद्धविराम सम्झौता जस्तै परिस्थितिमा पाउनेछ । म यी सम्झौतालाई गला रेट्ने सम्झौता भन्छु । यसप्रकारका युद्धविराम सम्झौता दुई समान पक्षबिच वार्ता गरिएका सम्झौताजस्ता छैनन् । बरु, तिनीहरू अत्यधिक जबर्जस्ती सम्झौता हुन् जसले कमजोर पक्षलाई कुनै पनि कुरामा सहमत हुन बाध्य बनाउँछ । बन्धकहरूलाई रिहा गरिसकेपछि हमास आफ्नै नगन्य सौदाबाजी शक्तिमा फर्कनेछ । समूह र गाजावासी फेरि एकपटक इजरायली सैन्यशक्ति र घरेलु र अन्तर्राष्ट्रिय राजनीतिको दयामा निर्भर हुनेछन् ।

ट्रम्प शान्ति योजनाका अन्य सर्त हमासको निशस्त्रीकरण (बुँदा १ र १३), गाजाको भावी शासन (बुँदा ९ र १३) र गाजाको पुनर्विकास (बुँदा २, १० र ११)सम्बन्धी योजना पनि अत्यन्तै अस्पष्ट छन् । सम्झौताअन्तर्गत बन्धकहरूलाई रिहा गरेपछि हमाससँग कुनै लाभ हुनेछैन । यो, युद्धविराम सम्झौताको अस्पष्ट सर्तसँगै इजरायललाई धेरै गतिशीलता प्रदान गर्नेछ । उदाहरणका लागि इजरायली सरकारले हमासले सम्झौताका सर्त पालना नगरेको दाबी गर्न सक्छ र त्यसपछि बमबारी पुनः सुरु गर्न सक्छ, सहायता कटौती गर्न सक्छ वा गाजामा प्यालेस्टिनीलाई थप विस्थापित गर्न सक्छ ।

बुँदा १२ ले ‘कसैलाई पनि गाजा छोड्न बाध्य पारिनेछैन’ भनी सही रूपमा उल्लेख गरेको छ । तर, इजरायलले त्यहाँको अवस्थालाई यति असहज बनाउन सक्छ कि यदि उनीहरू बाँच्न चाहन्छन् भने त्यहाँबाट जानुबाहेक उनीहरूसँग अरू कुनै विकल्प नहुन सक्छ । बुँदा १५ र १६ ले संयुक्त राज्य अमेरिका (अरब र अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँग)ले सम्झौताको सुनिश्चितकर्ताको रूपमा काम गर्न गाजामा अस्थायी अन्तर्राष्ट्रिय बल विकास गर्ने उल्लेख छ । इजरायल रक्षा बल (आइडिएफ)ले ‘निशस्त्रीकरणसँग जोडिएको मापदण्ड, कोसेढुंगा र समयसीमाको आधारमा’ पनि फिर्ता लिनेछ ।

तर, यी ‘मापदण्ड, कोसेढुंगा र समयसीमा’ अनिर्दिष्ट छोडिएका छन् र पक्षका लागि सहमत हुन गाह्रो हुनेछ । यो पनि सम्भव छ कि इजरायलले युद्ध पुनः सुरु गर्ने औचित्य प्रमाणित गर्न हमासले केही सर्त पूरा गर्न असफल भएको तर्क गरेर यी सर्तहरूको अस्पष्टतालाई आफ्नो फाइदाका लागि प्रयोग गर्न सक्छ । पहिलो चरण पछि यसको कुनै लाभ छैन भन्ने थाहा पाएर हमासले स्पष्ट रूपमा भनेको छ कि यसले अमेरिकाले आफ्नो ग्यारेन्टर भूमिका पूरा गर्ने अपेक्षा गरिरहेको छ । युद्धविरामलाई समर्थन र अनुगमन गर्न अमेरिकाले २०० सेना पठाउने वाचा गर्नु राम्रो संकेत हो । तर, यस चरणमा हमाससँग अमेरिका आफ्नो वचनप्रति प्रतिबद्ध होस् भनेर प्रार्थना गर्नुबाहेक अरू कुनै विकल्प छैन ।

युद्धविराम अब नेसेट (इजरायलको संसद्)को बहुमतले पारित गरिसकेपछि पाँचजना अतिदक्षिणपन्थी मन्त्रीहरूले सम्झौताको विपक्षमा मतदान गरे । यसमा इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इटामार बेनग्भिर पनि छन्, जसले युद्धविराम ‘एडोल्फ हिटलरसँगको सम्झौता’जस्तै भएको बताए । यो विपक्षी समूहले निःसन्देह पहिलो चरण लागू भएपछि नेतन्याहुको सरकारलाई ढाल्न थप धम्की दिनेछ ।

युद्धविरामको समस्या
यस युद्धविरामको पहिलो चरणले हमास र इजरायललाई प्रमुख विषय प्रदान गर्नेछ– बन्धक कैदी आदानप्रदान, हिंसाको अन्त्य र मानवीय सहायता । इजरायली र प्यालेस्टिनीबिचको शान्तिका लागि लामो बाटोमा युद्धविराम सधैँ एक सानो कदम हुने थियो । प्यालेस्टिनीहरूसँग उनीहरूको आत्मनिर्णयमा अर्थपूर्ण संलग्नताविना हामी केवल आशा गर्न सक्छौँ कि गाजावासीको भविष्य अझ खराब हुनेछैन । सिरियाको यार्मुक शिविरका एक प्यालेस्टिनी नेताले मलाई २०१८ मा भनेझैँ ‘यदि युद्धविराम भयो भने मानिसहरूलाई थाहा हुन्छ कि सैतान आउँदै छ ।’
–द कन्भर्सेसनबाट
 

सुझावित समाचार