जेन–जी आन्दोलनका सहिद विनोदको परिवारलाई ललितपुर महानगरले गर्‍यो आर्थिक सहयोग

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण

ललितपुर महानगरले जेन–जी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका ललितपुरका सहिद विनोद महर्जनको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

ललितपुर महानगरले शुक्रबार एक कार्यक्रम आयोजना गरी पाँच लाख आर्थिक सहयोग हस्तन्तरण गरेको हो। महानगरको असोज १० गते बसेको बैठकले महर्जनको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो।

महानगर प्रमुख चिरिबाबु महर्जनले सहिद विनोद महर्जनको सम्मानमा आर्थिक सहयोग गरेको बताए। जेन–जी आन्दोलनमा धेरै कर्मठ युवाहरूको ज्यान गएकोमा दुःख व्यक्त गर्दै उनले ललितपुर महानगरका लागि विनोदको निधनले अपूरणीय क्षति भएको बताए। विनोद महानगरको वडा नं. ७ का बासिन्दा हुन्।

विनोद महर्जनकी दिदी विना महर्जनले भाइको निधन परिवारलाई मात्रै नभएर देशकै लागि अपूरणीय क्षति भएकोमा दुःख व्यक्त गरिन्। उनले विनोदको सम्मान र सम्झनाका लागि सालिक निर्माण गर्न महानगरसँग अनुरोध गरिन्।

सुझावित समाचार