एनआइसीका ग्राहकलाई किरण आँखा अस्पतालमा छुट

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण

एनआइसी एसिया बैंकका ग्राहकले आँखा उपचार गर्दा विशेष छुट पाउने भएका छन् । छुट उपलब्ध गराउनेबारे वीरगन्जस्थित किरण आँखा अस्पताल र बैंकबिच सम्झौता भएको छ । सम्झौतासँगै बैंकका ग्राहकले उक्त हस्पिटलमा आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

यस्तो छुट ओपिडी, डायग्नोस्टिक्स, सर्जरीका साथै ब्रान्डेड र ननब्रान्डेड अप्टिकल सेवामा पाइनेछ । छुट सुविधाको उपयोग गर्न ग्राहकले बैंकको डेबिट, क्रेडिट, प्रिपेड कार्ड वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।

उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकलाई आँखा उपचारमा सहयोग हुनुका साथै डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

See More On

सुझावित समाचार