अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महराको बयान लिएको छ। भेपबाट सुन तस्करी गर्ने समूहसँग निकटता देखिएपछि आयोगले बिहीबार उनीसँग बयान लिएको हो । उनीसँग ५–६ घण्टा बयान भएको आयोग स्रोत बताउँछ ।
उनले विमानस्थल भन्सारका तत्कालीन प्रमुख अरुण पोखरेललाई सुन रहेको भेप छुटाउन दबाब दिएको खुलेको थियो । जुन विषयमा यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि उनलाई पक्राउ गरी बयान लिएको थियो । तर, छुटाउन दबाब दिए पनि मिलेमतोको प्रमाण जुटाउन नसकेपछि मुद्दा चलाउन सकेको थिएन । उनका छोरा राहुल भने सो मुद्दामा दोषी ठहर भई सजाय भुक्तान गरी छुटिसकेका छन्।
अख्तियारले यही विषयमा विस्तृत अनुसन्धान थालेको हो ।