दुई वर्षको युद्धपछि इजरायल र हमासबिच युद्धविराम हुने भएको छ। अमेरिकालगायतको मध्यस्थतामा युद्ध रोक्न दुवै पक्ष तयार भएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो चरणको शान्ति प्रक्रियामा दुवै पक्षले हस्ताक्षर गरेको दाबी गरेका छन्। सामाजिक सञ्जाल ट्रुथमार्फत उनले यस्तो बताएका हुन्।
ट्रम्पले सोमबारसम्म सबै बन्धक रिहा हुने दाबी पनि गरेका छन्। हमासले अझै ४० जनालई बन्धक बनाएको छ। जमसध्ये २० जना जीवित रहेको बताइएको छ। बन्धकमध्ये एक नेपालका विपिन जोशी पनि छन्। उनको पुरानो भिडियो बुधबार मात्र सार्वजनिक भएको हो।
इजरायलका प्राधनमन्त्री बेन्जामिन नेतन्याहुले हमाससँगको सम्झौता अनुमोदनका लागि बिहीबार मन्त्रिपरिषद् बैठकसमेत बोलाएका छन्। युद्धविराम हुने भए पनि उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई संसदमा सम्बोधनका लागि समेत आमन्त्रण गरेका छन्।