सन् १७८० : अमेरिकी क्रान्तिका क्रममा किंग्स माउन्टेनको युद्धमा अमेरिकी सेनाले ब्रिटिस सेनालाई पराजित गर्यो ।
सन् १९५९ : पृथ्वीका मानिसले चन्द्रमाको अँध्यारो भागको पहिलो झलकको अनुभव गरे । सोभियत अन्तरिक्षयान लुना ३ ले चन्द्रमाको टाढाको तस्बिर खिच्यो । तस्बिरले पृथ्वीको प्राकृतिक उपग्रहको टाढाको भागको लगभग ७० प्रतिशत समेटेको थियो । तिनीहरूले खगोलविद्लाई चन्द्रमाको अँध्यारो भागको पहिलो चार्ट बनाउन मद्दत गरेका थिए ।
सन् १९८५ : प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पिएलओ) आबद्ध चार अपहरणकर्ताले इटालियन क्रुज जहाज अचिले लाउरो कब्जा गरी इजरायलले बन्दी बनाएका ५० प्यालेस्टिनीलाई रिहा गर्न माग गरे ।
सन् २००१ : अफगानिस्तानमा युद्ध सुरु । तालिबानले सेप्टेम्बर ११, २००१ मा भएको अतिवादी हमलाका मास्टरमाइन्ड ओसामा बिन लादेन र अन्य दोषीलाई अमेरिकामा सुम्पन अस्वीकार गरेपछि अमेरिकी र ब्रिटिस सेनाले अल कायदा र तालिबान लक्ष्यविरुद्ध हवाई हमला गरे ।