युद्धविरामका लागि इजरायल र हमासबिच इजिप्टमा वार्ता जारी

सोमबार, २० असोज, २०८२
डिजिटल संस्करण

 दुई वर्ष लामो युद्ध रोक्नका लागि इजरायल र हमासबिच इजिप्टमा अप्रत्यक्ष कुराकानी भइरहेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि बढाएको युद्धविरामको प्रस्तावअनुसार छलफल अघि बढेको हो। 

छलफलमा दुवै पक्षका प्रतिनिधि तथा मध्यस्थकर्तासमेत छन्। प्यालेस्टाइन मूलका अमेरिकी व्यवसायी बिशारा बहाले वार्तामा मध्यस्थता गरिरहेका छन्। 
हमासले ट्रम्पका धेरै प्रस्तावमा सकारात्मक भए पनि उसले केही सर्त राखेको छ। युद्धविराम भएमा हमासको नियन्त्रणमा रहेका बन्दीहरु रिहा हुनेछन्। करिब २० जना जीवित रहेको आकलन गरिएको छ। 

७ अक्टोबर २०२३ मा हमास र इजरायलबिच सुरु भएको छ। यो युद्धमा ६७ हजारले ज्यान गुमाइसकेका छन् । इजरायलतर्फ एक हजार १९५ जनाले ज्यान गुमाएका थिए। 
 

सुझावित समाचार