मधेशका विभिन्न जिल्लामा अति भारी वर्षा मापन भएकाे छ। जल तथा माैसम विज्ञान विभागका वर्षा मापन केन्द्रका पछिल्लो २४ घण्टाकाे रियल टाइम डेटा (अप्रशाेधित तथ्यांक) शनिबार साँझ साढे ५ बजेसम्म सबैभन्दा धेरै राैतहटकाे महेशपुरमा २९५ मिलिमिटर मापन भएकाे छ।
त्यस्तै, राैतहटकै गाैरमा २६३, पर्साकाे वीरगन्जमा २५८, राैतहटकाे गाैराैडामा २४३, बाराकाे कलैयामा २३६, पर्साकाे रंगपुरमा २०० र बाराकाे परवानीपुरमा १९१ मिलिमिटर वर्षा रेकर्ड भएकाे छ। त्यस्तै, सिमरामा १७३, निजगढमा १७१ र महाेत्तरीकाे गाैशालामा १३३ मिलिमिटर वर्षा मापन भएकाे छ। मधेशका जिल्लामा अहिले पनि पानी परिरहेकाे छ।