सदनबाट बजेटसम्बन्धी विधेयक पास गर्न नसक्दा अमेरिकामा सरकार सटडाउनमा पुगेको छ। सटडाउनका कारण अत्यावश्यक सेवाबाहेक अरू सरकारी सेवा ठप्प हुने अवस्थामा पुगेको छ।
संसदमा रिपब्लिकन र डेमोक्रेटबिच आरोप–प्रत्यारोप हुँदा विधेयक पास हुन नसकेको हो । यसबाट झन्डै आठ लाख संघीय कर्मचारीको जागिर धरापमा परेको छ।
सटडाउनको कारण रिपब्लिकनले डेमोक्रेटलाई लगाएका छन्। डेमोक्रेटले भने राष्ट्रपति डोनाल्ड ट्रम्प यसको जिम्मेवारी भएको बताएका छन्।
सिनेटमा मंगलबार र बुधबार विधेयकको विषयमा कटुतापूर्ण बहस भएको थियो। त्यसपछि डेमोक्रेटले विधेयकको विपक्षमा मत हालेर सरकारलाई अप्ठ्यारोमा पारेका हुन्। विधेयक पास गर्न डेमोक्रेटको समर्थन अनिवार्य थियो।