संखुवासभामा बलेरो जिपले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

सोमबार, १३ असोज, २०८२
डिजिटल संस्करण

संखुवासभाको खाँदबारी नगरपालिका–७, वेलफेयरनजिकै कोशी राजमार्गमा बलेरो जिपले ठक्कर दिँदा एक पैदलयात्री महिलाको मृत्यु भएको छ । आज सोमबार दिउँसो करिब १२ बजे मानेभञ्ज्याङदेखि खाँदबारीतर्फ आउँदै गरेको को १ च ९७७६ नम्बरको बेलेरो जिपले पैदलयात्री खाँदबारी–७ घर भएकी गंगा बानियाँलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको र उपचारका लागि खाँदबारी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीले बताए ।

उनको अनुसार मानसिक अवस्था ठिक नभएकी र बाटोमा मागिखाने बानियाँलाई जिपले ११ः५५ बजे ठक्कर दिई बाटोमा बेहोस बनाएको खबर आउनेबित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रसनि सीताराम राईको कमाण्डमा भएको ६ जनाको प्रहरी टोली खटि गई उद्धार गरि जिल्ला अस्पतालमा पु¥याउँदापौने १ बजे उनको मृत्यु भएको डिएसपी मैनालीको भनाइ छ ।

गाडी चालकखाँदबारी–३ माने भञ्जाङ्ग बस्ने लाक्पा तेम्बा शेर्पाको छोरा २८ बर्षीय तेन्जिङ शेर्पालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।घटनाको बारेमाथप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

सुझावित समाचार