निर्वाचन निर्धारित मितिमा गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की

सोमबार, १३ असोज, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । 

बडादसैँका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको तथा यसले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गराउने प्रतिबद्धता जनाएकी हुन् । साथै उनले देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको बताएकी छिन् । 

प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ र यो पर्व मनाउने संसारभर छरिएर रहेका नेपालीभाषीहरूमा सुखशान्तिको कामना गरेकी छिन् ।

सुझावित समाचार