कुसे गाउँपालिकाका अध्यक्षमाथि आक्रमण

आइतबार, १२ असोज, २०८२
डिजिटल संस्करण

जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आइतबार अपरिचित समूहले आक्रमण गरेको छ । कुसे गाउँपालिकाबाट सुर्खेततर्फ जाँदै गर्दा छेडागाड नगरपालिका– ५, चंखेलीनजिकै अध्यक्ष बस्नेतमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तप्रसाद शर्माले जानकारी दिएका छन् ।

अध्यक्ष बस्नेतलाई जोगाउने क्रममा कुसे– ७ का दीपेन्द्र सिंह र कुसे– ४ का नवराज शाही गम्भीर घाइते भएका छन् । दुवै घाइतेलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूलाई पक्राउ गर्न खोजीकार्य तीव्र पारिएको प्रहरीको भनाइ छ । घटनापछि स्थानीयवासी त्रसित बनेका छन् भने सुरक्षाकर्मीहरूले थप सतर्कता अपनाएकाे जनाएका छन्।

सुझावित समाचार