३६ घन्टा वितिसक्दा पनि पक्राउ परेनन् पर्सामा गोली प्रहार गर्ने व्यक्ति

शनिबार, ११ असोज, २०८२
डिजिटल संस्करण

पर्सामा गोली प्रहार भएको ३६ घण्टाभन्दा बढी समय बितिसक्दा पनि गोली प्रहार गर्ने व्यक्ति पक्राउ  परेका छैनन्। जिल्लाको छिपहरमाई गाउँपालिका कार्यालयको अगाडि बिहीबार साढे ७ बजे राति गोली प्रहार हुँदा सोही गाउँपालिका वडा नम्बर ५ भिस्वा निवासी स्थानीय १७ वर्षीय गोलु आलम घाइते भएका थिए ।

पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठकका अनुसार गोली लागेर घाइते भएका युवालाई उपचारको लागि सदरमुकाम वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । गोली लागेर घाइते भएका युवा खतरामुक्त रहेको प्रहरी उपरीक्षक पाठकले बताए । तर घटनामा संलग्नलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । 

See More On

सुझावित समाचार