जेनजी आन्दोलनका शहीद ललितपुरका शहीद विनोदको परिवारलाई महानगरको आर्थिक सहयोग

शनिबार, ११ असोज, २०८२
डिजिटल संस्करण

ललितपुर महानगरले जेनजी प्रदर्शनका क्रममा गोली लागेर मृत्युवरण गरेका शहीद विनोद महर्जनको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । ललितपुर महानगरको कार्यपालिका बैठकले शहीद महर्जनको परिवारलाई पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो । विनोद महर्जन महानगर वडा नं.७ का बासिन्दा हुन् ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगर छिट्टै एउटा कार्यक्रम राखेर सहयोग रकम परिवारलाई हस्तान्तरण गर्ने बताए ।भ्रष्टाचार अन्त्य र शुसासन कायम हुनुपर्ने माग राखेर जेनजीले भदौ २३ गते गरेको प्रदर्शनलाई नियन्त्रण गर्न चलाएको गोली विनोदलाई लागेको थियो ।

सुझावित समाचार