खगेन्द्र गिरीको पहिलो कथासंग्रह ‘भग्न प्रेमशाला’ बजारमा

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

खगेन्द्र गिरीको ‘भग्न प्रेमशाला’ कथासंग्रह बजारमा आएको छ। संग्रहमा नौवटा प्रयोगवादी कथाहरू समावेश छन्।

लेखक गिरीले आफ्नो पहिलो कथासंग्रहमा स्वैरकल्पनालाई हतियार बनाएर यथार्थहरूको वर्णन गरेका छन्। उनका कथामा दैनिक जीवनका सामान्य लाग्ने पात्रहरू भयंकर र खुंखार अवतारमा देखिने गर्छन्।

पत्रकारिता पेसामा आबद्ध लेखक गिरीले आफ्ना कथामा वर्तमानदेखि इतिहाससम्मका विकृतिहरूमाथि तीक्ष्ण व्यंग्य पनि गरेका छन्।

आख्यानकार तथा निबन्धकार नारायण ढकालले गिरीले आफ्ना कथामा सामाजिक, आर्थिक, राजनीतिक, नैतिक सबैखाले संकटलाई विषयवस्तु बनाएको उल्लेख गरेका छन्। गिरीको मुख्य साहित्यिक उपकरण स्वैरकल्पना भए पनि त्यसलाई उडन्ते तवरले प्रयोग नगरिएको ढकालको भनाइ छ।

संग्रह इन्डिगो इन्कले प्रकाशन गरेको हो। पुस्तक चाँडै विमोचन हुने प्रकाशकले जनाएक छ। पुस्तकको मूल्य ५४९ रुपैयाँ राखिएको छ।

सुझावित समाचार