अर्थ मन्त्रालयको कामकाज अब डिजिटल माध्यमबाट : जिआइओएमएस प्रणाली सुरु

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

अर्थ मन्त्रालयले शुक्रबार कार्यालयका सबै कामकाज डिजिटल माध्यमबाट सञ्चालन गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस)को शुभारम्भ गरेको छ। अर्थमन्त्रीको उपस्थितिमा सुरु गरिएको यो प्रणालीले मन्त्रालयको कार्यालयीय कामकाजलाई छिटो, सहज र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

सूचना तथा सञ्चार प्रविधि विभागले विकास गरेको जिआइओएमएसमार्फत फाइल स्वीकृति, आदेश तथा टिप्पणी निर्णय, चिठ्ठीपत्रको दर्ता र चलानी, हाजिरी, बिदा र काज स्वीकृति, अभिलेख व्यवस्थापनजस्ता कार्यहरू विद्युतीय माध्यमबाट गर्न सकिनेछन्। यसमा विद्युतीय हस्ताक्षर अनिवार्य गरिएको छ।

मन्त्रालयले अब सबै कार्यालयीय प्रक्रियामा जिआइओएमएस प्रणाली अनिवार्य गरिसकेको छ। यसले कागजरहित (पेपरलेस) शासनको अवधारणालाई अघि बढाउने विश्वास गरिएको छ।

सुझावित समाचार