यस्ता छन् जाँचबुझ आयोगका दुई निर्णय

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

२३ र २४ भदौको प्रदर्शनमा भएको मानवीय तथा भौतिक क्षतिसम्बन्धी छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले बिहीबारदेखि काम थालेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले काम थालेको हो । 

आयोगले पहिलो बैठकले दुई निर्णय गरेको छ । पहिलो, आयोगको कार्यालय जल तथा मौसम विज्ञान विभागमा राख्ने निर्णय भएको छ । 
दोस्रो, क्षतिको विवरण संकलनसम्बन्धी जिम्मेवारी तोकिएको छ । सरकारी निकायको सम्बन्धित कार्यालयबाट तथा व्यक्तिको हकमा सिधै आयोगमा उजुरी गर्न सकिने अध्यक्ष कार्कीले बताए । 

सुझावित समाचार