मोरङको विराटनगर महानगरपालिका– १४, जतुवा बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेशसहित चारजनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ९८५ रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो। प्रहरीले उनीहरूले प्रयोग मोटरसाइकल तीन थानसमेत बरामद गरेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।