यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुँदै छ : मेयर बालेन

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले तीन वर्षको संघर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुन लागेको बताएका छन् । 

तीन वर्षको संघर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुन लागेको र अहिलेसम्म यो पार्कको निर्माणको करिब आधा काम पूरा भइसकेको मेयर शाहले बताएका छन् । उनले यो पार्क केवल खेल्ने ठाउँ मात्र नभएर, युवाहरूको संस्कृतिलाई अभिव्यक्ति दिने, कला–संगीतलाई प्रोत्साहन गर्ने र परिवारमैत्री सामुदायिक स्पेसका रूपमा निर्माण भइरहेको उनले बताएका छन् । 

मेयर साहले बिहीबार सामाजिक सञ्जालमा भनेका छन्, ‘मेयर बनेको सुरुदेखि नै हाम्रो पहिलो लक्ष्य काठमाडौँलाई सबैको लागि सहर बनाउनु थियो। सम्पदा जोगाउने कामसँगै युवाहरूको चाहनाअनुसारको सहर बनाउने योजनामा हामीले यमबुद्ध स्केटबोर्ड पार्क सुरु गरेका थियौँ।’ 

उनले थप भनेका छन्, ‘सुरुमै बजेट छुट्याइएको थियो, काठमाडौँ महानगर– १६ मा बन्ने कुरा लगभग तय भइसकेको थियो, तर तत्कालीन वडा अध्यक्ष स्वर्गीय मुकुन्द रिजालको निधनपछि त्यो ठाउँमा बनाउन जग्गा प्राप्त गर्न सकेनौँ, त्यसपछि अर्को २ वडामा कोसिस गर्याैँ । नेपाल सरकारले जग्गा दिन नसकेका कारण तीनपटकसम्म प्रयास गर्दा पनि बनाउन सकिएन। तर, काठमाडौँ– ५ का वडाध्यक्षज्यू वीरेन्द्र प्रजापति  र स्थानीय साथीहरूको अथक प्रयासमा १३ रोपनी सरकारी जग्गा संरक्षण गर्नु भएको रहेछ सोही जग्गामा उहाँहरूको अग्रसरतामा अन्ततः २०८१/२/२९ गते देखि काम अघि बढ्न थाल्यो। अहिले यो पार्कको निर्माण फेजमा छ, करिब आधा काम पूरा भइसकेको छ।’

सुझावित समाचार