जेन–जी आन्दोलनको क्रममा कारागारबाट भागेका तीनजना कैदीबन्दी संखुवासभामा पक्राउ परेका छन्।
काठमाडौंकाे नक्खु र सुनसरीको झुम्का कारागारबाट भागेका तीनजना कैदीहरूलाई संखुवासभाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।
उनका अनुसार चैनपुर नगरपालिका– १० का ४१ वर्षीय नारायण राई, चैनपुर नगरपालिका– ९ का ३१ वर्षीय सुभाष तामाङ र चिचिला गाउँपालिका– २ का ५७ वर्षीय गोम्बु शेर्पालाई पक्राउ गरिएको हो। राई चोरी मुद्दा खेपिरहेका थिए भने तामाङ र शेर्पा जबर्जस्ती करणी उद्योगमा कैद भुक्तान गरिरहेका थिए। उनीहरू कारागारबाट भागेर आ–आफनो घर फर्किएर आएका थिए।
पक्राउ परेका तीनैजना कैदीलाई बुधबार क्षेत्रीय कारागार झुम्कामा बुझाउने तयारी भइरहेको जिल्ला कारागार खाँदबारीका प्रमुख जेलर राजन घिमिरेले जानकारी दिए।