सुर्खेतमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण

सुर्खेतको छिन्चु–धुलियाबिट सडकखण्डको पाडुलेमा ट्रकले बुलेट मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको छ।

ना.५ ख५६०८ नम्बरको ट्रकले वीरेन्द्रनगरतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०३–००१ प ३६३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो। मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा पछाडि सवार अछाम पञ्चदेवल विनायक नगरपालिकाका १८ वर्षीय दमन शाहीको उपचार भइरहेको छ। छिन्चु प्रहरीले ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

सुझावित समाचार