सुशासन कायम गर्न कुनै सम्झौता हुँदैन : कुलमान घिसिङ

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण

ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासन कायम गर्न कुनै सम्झौता हुन नसक्ने बताएका छन् ।

आइतबार सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वसँगको छलफलका क्रममा मन्त्री घिसिङले मुलुकमा परिवर्तनका लागि ठुलो आन्दोलन भएकाले अब सुशासन कायम गर्न कुनै सम्झौता हुन नसक्ने बताएका हुन् ।

उनले देशमा देखिएको निराशालाई निर्मूल पार्न सबै लाग्नुपर्ने उल्लेख गरे। सबै मन्त्रालय र सचिवहरूलाई कुनै पनि कुरामा तलमाथि नगर्न र सरकारको निर्देशन पूर्ण रूपमा कार्यान्वयन गर्न भनिएको उनले बताए । मन्त्री घिसिङले जिम्मा लिएर समयमा आयोजना पूरा नगर्नेसँग सम्झौता तोड्ने स्पष्ट पारे ।

छलफलपछि महासंघका अध्यक्ष रवि सिंहले जेन–जेड पुस्ताको आन्दोलनपछिको निर्माण क्षेत्रको परिस्थितिबारे कुराकानी भएको बताए । उनले रुग्ण योजना खारेज गर्दा त्यसबाट पर्ने असर पहिचान गर्न सुझाव दिइएको जानकारी दिए ।

सुझावित समाचार