सुदन गुरुङमाथि आक्रमण प्रयास

बुधबार, १ असोज, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका एक नेता एवं ‘हामी नेपाल’का संयोजक सुदन गुरूङमाथि आक्रमण प्रयास भएको छ। 

हामी नेपालको कार्यालयबाट निस्केर आफ्नो काममा जाँदै गर्दा गुरुङमाथि मोटरसाइकल र कारमा आएको समूहले पछ्याएर आक्रमण गर्न खोजेको जेन–जी समूहका सदस्य रोनिश प्रधानले बताए।

‘हामी अरूको सहयोगका लागि हिँडिरहेका थियौँ, हामीमाथि नै अट्याक गर्ने कोसिस भयो। साइबर अट्याक मात्र  होइन, भौतिक आक्रमणको प्रयास भयो। हामीलाई सुरक्षा चाहियो,’ प्रधानले भने।
 

सुझावित समाचार