रचनात्मक मार्गचित्र बनाउन राष्ट्र संघका महासचिव गुटेरेसको अनुरोध

बिहिबार, २६ भदौ, २०८२
डिजिटल संस्करण

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै हिंसात्मक घटनामा ज्यान गुमाएकाप्रति दुःख प्रकट गरेका छन्। 

महासचिव गुटेरेसको वक्तव्यमा भनिएको छ, ‘म नेपालको स्थितिलाई नजिकैबाट पछ्याइरहेको छु र जीवनको क्षतिले मलाई अत्यन्त दुःखी बनाएको छ। म निष्पक्ष र गहिरो छानबिनको आह्वान गर्दछु, हिंसा अझ बढ्न नदिने गरी संयम अपनाउन आग्रह गर्दछु र रचनात्मक मार्गचित्र बनाउन संवादको बाटो रोज्न अनुरोध गर्दछु।’ 

उनले नेपाल सरकार र सम्बन्धित निकायलाई मानव अधिकार कानुनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका छन्। 

गुटेरेसले भने, ‘आन्दोलन र प्रदर्शनहरू शान्तिपूर्ण तरिकाले, जीवन र सम्पत्तिको सम्मान गर्दै सञ्चालन गर्नुपर्छ।’

सुझावित समाचार