आन्दोलनकारीले निकाले कैलाली कारागारबाट साढे ६ सय कैदीबन्दी

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण

आन्दोलनकारीले कैलाली कारागारबाट साढे छ सयभन्दा बढी कैदीबन्दीलाई निकालेका छन्। ठुलो संख्यामा कारागार पुगेका प्रदर्शनकारीले जेलमा तोडफोड र आगजनीसमेत गरेका छन्।

कारागार प्रशासनका अनुसार सोमबारसम्म ६६७ जना कैदीबन्दी थिए। तीमध्य कारागारमा अहिले पाँच जना कैदबन्दी मात्र बाँकी रहेका कैलाली कारागारका नासु ज्ञानेन्द्र ओझाले जानकारी दिए।

सयौंको संख्यामा रहेका प्रदर्शनकारी गेट तोडेर भित्र पसेको र कैदबन्दीलाई निकालेको ओझाले बताए। गत महिना कैलाली कारागारमा झडप हुँदा एक कैदबन्दीको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए।

सुझावित समाचार