दमकस्थित प्रधानमन्त्री ओलीको घरमा आगजनी

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण

दमकमा रहेकाे प्रधानमन्त्री केपी ओलीको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्। मंगलबार ठुलो संख्यामा उपस्थित भएका प्रदर्शनकारीले आगजनी गरेका हुन्। दमक– ९ मा रहेको यो घर ओलीको भाडाको घर हो। उनी झापा आउँदा यही घरमा बस्ने गरेका छन्। 

त्यसअघि प्रदर्शनकारीले दमक नगरपालिका र कांग्रेसको नगर कमिटीको कार्यालयमा आगजनी गरेका थिए। 

सुझावित समाचार