सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो : गगन थापा

बिहिबार, १९ भदौ, २०८२
डिजिटल संस्करण

सत्तासाझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी गरेका छन्। बिहीबार फेसबुकमार्फत थापाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा विरोध जनाएका हुन्।

‘सामाजिक सञ्जालको विषयमा सरकारले जुन निर्णय गरेको छ, त्यो गलत छ। सरकार उल्टो बाटो हिँडेको छ, यसलाई पुनर्विचार गरिनुपर्छ,’ थापाले लेखेका छन्। निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्नुको साटो राष्ट्रिय सभामा विचाराधीन विधेयक छिटो टुंग्याएर उपयुक्त कानुन निर्माण गर्न सुझाव दिएका छन्।

सामाजिक सञ्जाल अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै सार्वजनिक बहसहरूमा भाग लिने र सरकारलाई जबाफदेही बनाउन महत्त्वपूर्ण मञ्च प्रदान गर्ने माध्यम बनेको प्रस्ट्याउँदै थापाले भनेका छन्, ‘सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्रजस्ता विविध विषय र आममानिसको दैनिकीसँग जोडिएको छ। सञ्जालमा लगाउने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई संकुचित पार्छ। सामाजिक सञ्जाल बन्द गर्ने विषय साइबर जोखिमसँग समेत जोडिएको छ।’

सुझावित समाचार