चितवनको सिडिओमा अर्याल, भोजपुरमा तिवारी

बुधबार, १८ भदौ, २०८२
डिजिटल संस्करण

गृह मन्त्रालयले दुई जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी(सिडिओ) खटाएको छ । चितवनमा गणेश अर्याल तथा भोजपुरमा शिवलाल तिवारीलाई खटाइएको छ । 

चितवनको सिडिओ पद दुई सातादेखि रिक्त थियो । दुई साताअघि मात्र पर्साबाट मन्त्रालयमा सरुवा भएका सहसचिव अर्याललाई चितवनमा खटाइएको छ । त्यस्तै, भोजपुरमा यसअघि बाबुराम गौतमको सरुवा भएकोमा उनी नगएपछि तिवारीलाई खटाइएको हो । 
 

सुझावित समाचार