चीनमा हुने ‘सैन्य परेड’मा सहभागी हुँदै किम र पुटिन

शुक्रबार, १३ भदौ, २०८२
डिजिटल संस्करण

चीनको राजधानी बेइजिङमा सेप्टेम्बर ३ मा हुने सैन्य परेडमा उत्तर कोरियाका नेता किम जोङ उन भाग लिने भएका छन् । उक्त कार्यक्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी हुने यसअघि नै सार्वजनिक भइसकेको छ । 

हरेक वर्ष सेप्टेम्बर ३ मा चीनमा ‘विजय दिवस’ परेड आयोजना हुने गरेको छ । यो परेड दोस्रो विश्वयुद्धमा जापानले आत्मसमर्पण गरेको सम्झनामा आयोजना गरिन्छ । दोस्रो विश्वयुद्धको अधिकांश समय जापानले चीनको ठुलो हिस्सामा कब्जा जमाएर बसेको थियो ।

यो वर्ष ८०औँ विजय दिवस वार्षिकोत्सवको अवसरमा चीनले आफ्ना अत्याधुनिक हतियार प्रदर्शन गर्ने बताइएको छ । तिनमा सयौँ विमान, ट्यांक र ड्रोनविरोधी प्रणालीसमेत सामेल हुनेछन् । 

सुझावित समाचार