नेपाली भूमिमा भारत–चीनको कदम अस्वीकार्य : गगन थापा

बिहिबार, ५ भदौ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लिपुलेकबारे भारत र चीनको कदमप्रति आपत्ति जनाएका छन्।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले नेपाली भूमिमा नेपालकै अनुपस्थितिमा भएको सम्झौता अस्वीकार्य रहेको प्रस्ट पारे।

‘हाम्रा दुई छिमेकी भारत र चीनले हाम्रो भूमिका बारेमा हाम्रो अनुपस्थितिमा एउटा सम्झौता गरेको हामीले पढ्यौँ, सुन्यौँ, जान्यौँ,’ उनले भने, ‘नेपाली कांग्रेस पार्टी हाम्रा दुई छिमेकीहरूले गरेको यो व्यवहारप्रति गम्भीर असहमति प्रकट गर्दछ। यो आपत्तिजनक छ, यो अस्वीकार्य छ।’

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले यस सम्बन्धमा सरकारलाई ६ बुँदे सुझाव दिएको उल्लेख गर्दै थापाले उक्त सुझाव कार्यान्वयन गर्न सरकारसँग माग गरे।
 

सुझावित समाचार