लिपुलेकबारे भारत–चीनबिच सम्झौतापछि माओवादीले माग्यो सरकारको धारणा

बिहिबार, ५ भदौ, २०८२
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नेपालको भूमि लिपुलेक र कालापानीबारे भारत र चीनबिच भएको भनिएको सम्झौता र त्यसप्रति नेपाल सरकारको कदमबारे सदनमा स्पष्ट जानकारी दिन माग गरेको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा बोल्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले दुई छिमेकीबिच भएको उक्त सम्झौताले नेपाललाई दुःखित बनाएको बताए। उनले नेपालको भूभागमाथि गरिएको दाबी चिर्न सरकारले के गरिरहेको छ भन्ने विषयमा आधिकारिक धारणा सदनलाई तत्काल दिनुपर्ने माग गरे।

See More On

सुझावित समाचार