इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

मंगलबार, ३ भदौ, २०८२
डिजिटल संस्करण

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ परेका छन्। फरार प्रतिवादी कीर्तिपुर नगरपालिका– ४, गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट गाउँपालिका– २ घर भएका कलबहादुर बस्नेत पक्राउ परेका हुन्।

एनसिबी अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाहीका लागि  सोमबार नेपाल फिर्ता ल्याइएको छ। 

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि एनसिी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट ०८१ पुस ११ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीका लागि मानव बेचबिखन ब्युरो पठाइएको छ । 

See More On

सुझावित समाचार