आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म ‘आ बाट आमा’को अस्ट्रेलिया र न्युजिल्यान्ड प्रदर्शन अधिकार बिक्री भएको छ। हिमारू इन्टरटेन्मेन्ट प्रा.लि.ले दुवै देशका अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ।
चन्द्र पन्तको निर्देशन, कथा तथा पटकथामा निर्माण हुन लागेको फिल्मलाई विदेशमा समेत उच्च माग बढ्न थालेको हो। मातृत्वको संवेदनशील कथा प्रस्तुत गर्ने यो फिल्मको अस्ट्रेलिया र न्युजिल्यान्डमा वितरण अधिकार ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यसबाहेक अन्य देशमा कुराकानी भइरहेको र त्यसबारेमा पनि छिट्टै जानकारी दिने निर्देशक पन्तले बताए।
उनका अनुसार यो फिल्म निर्माण भइसकेपछि विदेशमा यो फिल्मको माग उच्च बढ्ने देखिन्छ। पछिल्लो समय नेपाली फिल्मको क्रेज नेपालमा मात्र नभएर विदेशमा पनि उच्च छ।
यो क्रेज फर्काउनुमा अभिनेता पल शाह र ‘टिकटक क्विन’का रूपमा परिचित उषा उप्रेतीको अनुबन्धले पनि हो। यस फिल्ममा पल शाह, उषा उप्रेतीका साथमा सदाबहार अभिनेत्री विपना थापा, सिमरन पन्त र दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावतलगायतको अभिनय रहने छ। उनीहरू यस फिल्मका लागि फाइनल भइसकेका छन्।
यही महिनाबाट छायांकनमा निस्किने यो फिल्मका अन्य कलाकार तथा प्राविधिकको छनोट कार्य जारी रहेको र छिट्टै टुंगाे लगाइने निर्माण पक्षले जनाएको छ। फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले खरिद गरेको छ। यो फिल्म आगामी वर्षको फागुन १५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ ।
चन्द्र पन्तको फिल्म ‘आ बाट आमा’को अस्ट्रेलिया र न्युजिल्यान्ड प्रदर्शन अधिकार बिक्री
सन्तोष पन्तले नबुझेको कमेडी
५ वर्ष अघि
प्रहरी अधिकृतको संगीत मोह
२ वर्ष अघि
सुझावित समाचार
दसैँको पूर्वसन्ध्यामा र्यापर भियोमाको लाइभ कन्सर्ट हुने
काठमाडौंको जडीबुटीस्थित क्लब १८ मा र्‍यापर भियोमाको विशेष सांगीतिक प्रस्तुति हुने भएको छ। दसैँको पूर्वसन्ध्यामा १६ असोजमा आ…
लोकनाथ पौडेलको जीवनमा आधारित वृत्तचित्र सार्वजनिक
चार दशकभन्दा बढी समय शिक्षण पेसामा समर्पित हुँदै सामाजिक, साहित्यिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा निरन्तर योगदान पुर्‍याउ…
गायिका रिया खत्रीको ‘युके शहर’ सार्वजनिक
गायिका तथा मोडल रिया खत्रीले ‘युके शहर’ बोलको गीत सार्वजनिक गरेकी छिन्। शुक्रबार राजधानीमा एक कार्यक्रमबिच विमोचन…
लोपोन्मुख नृत्य संरक्षणमा ऋतम्भरा
भक्तपुरको दुवाकोटमा रहेको ऋतम्भरा पाठशालाले लोपोन्मुख नृत्य संरक्षण अभियानलाई नियमित पाठ्यक्रमकै रूपमा अघि बढाएको छ । यसबार…
‘कथा डबली’ सुनियो इन्द्र, लाखे र कुमारी कथा
अविरल झरीबिच पनि बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानको परिसरले सांस्कृतिक डबलीको झल्को दिन्थ्यो । वसन्तपुरको इन्द्रजात्राको चहलप…
टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सम्पन्न, ‘ला बोला नेग्रा’ले जित्यो पिपुल्स च्वाइस अवार्ड
टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा स्पेनिस फिल्म ‘ला बोला नेग्रा’ले पिपुल्स च्वाइस अवार्ड जितेको छ। फेस्टिभलको यो प्…