बर्दियामा करेन्ट लागेर एकजनाको मृत्यु

बिहिबार, ३० जेठ, २०८२
डिजिटल संस्करण

बर्दियामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। बढैयाताल गाउँपालिका –८ तिल्कानाकी ६० वर्षीया गंगादेवि आचार्यको बुधबार करेन्ट लागेर बुधबार मृत्यु भएको हो।

बिहान घर नजिकै रहेको धारा चलाउँदा मोटरबाट  करेन्ट लिक भई आचार्यको दाहिने हातमा करेन्ट  लागेको थियो ।  घाइते आचार्यलाई उपचारको लागी नर्सिंहोम नेपालगंज लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं बर्दिया विपद व्यवस्थापन समितिको सम्पर्क व्यक्ती  बिमल गुरुङले बताए 

बर्दियामा जेठ महिनामा मात्र करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । करेन्ट चुहावट भएर, विद्युत् सर्ट भएर, व्यक्तिगत असावधानीका कारणले  करेन्ट लागेर मृत्यु हुने गरेको छ । मृतकको  पोस्टमार्टम बुधबार भेरी अस्पताल नेपालगंज भएको छ ।

सुझावित समाचार