त्रिवि उपकुलपतिको कार्यालयमा तोडफोड गर्ने कार्की पक्राउ

मंगलबार, २८ जेठ, २०८२
डिजिटल संस्करण

त्रिवि उपकुलपतिको कार्यालयमा तोडफोड गरेको आरोपमा नेविसंघका दिपाल कार्की पक्राउ परेका छन्। कार्कीलाई भक्तपुरबाट पक्राउ गरिएको काठमाडौं परिसरका एसएसपी विश्व अधिकारीले जानकारी दिए।

१४ जेठमा २०–२५ जनाको समूहले उपकुलपतिको कार्यालयमा तोडफोड गरेको थियो । सो समूहमा नेविसंघमा आबद्ध विद्यार्थी थिए । उनीहरूले स्नातक तहमा भर्नाको समय थप गर्नुपर्ने भन्दै तोडफोड गरेका थिए ।

सुझावित समाचार