प्रतिनिधिसभा बैठक फेरि सर्‍यो, आजै साढे ५ बजेलाई तय

आइतबार, २६ जेठ, २०८२
डिजिटल संस्करण
प्रतिनिधिसभा बैठक फेरि सर्‍यो, आजै साढे ५ बजेलाई तय

फाइल तस्बिर

प्रतिनिधिसभाको बैठकको समय फेरि सरेको छ। विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसकेको भन्दै संसद् सचिवालयले आजै साढे ५ बजे बस्ने गरी समय तोकेको हो। 

यसअघि आज १ बजेलाई तोकिएको बैठक सत्तापक्ष र विपक्षी दलहरूबिच सहमति नजुट्दा सवा ३ बजेलाई सारिएको थियो। सारिएको समयमा पनि बैठक बस्न नसकेपछि पुनः साढे ५ बजेलाई तोकिएको हो।

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकको राजीनामाका विषयमा सत्ता र प्रतिपक्षी दलहरूको आ–आफ्नै अडानका कारण प्रतिनिधिसभा बैठक लगातार अवरोध हुँदै आएको छ।

सुझावित समाचार