सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका गोताखोरको चार दिनपछि शव भेटियो

आइतबार, २६ जेठ, २०८२
डिजिटल संस्करण

विपत् पूर्वाभ्यासको क्रममा सप्तकोशीमा नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका गोताखोर सुरज साउदको शव आइतबार बिहान फेला परेको छ । कोशी ब्यारेजको ५५ नम्बर ढोकानजिकबाट उनको शव निकालिएको हो । 

कुरिनटारबाट खटिएका डिएसपी पुरुषोत्तम भण्डारीको टोलीले उनको शव निकालेको हो। सप्तरी जिल्लामा गत बिहीबार विपत् पूर्वाभ्यासको क्रममा साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए । राजवंशीको शव शुक्रबार भेटिएको थियो। 

सुझावित समाचार