सप्तरीमा डाँका समूहद्वारा लुटपाटसँगै एकको हत्या

शुक्रबार, २४ जेठ, २०८२
डिजिटल संस्करण

डाँका समूहले कान्तलाल चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटपाट गरी उनकाे हत्या गरेकाे छ

सप्तरीको सुरुंगा नगरपालिका– ८ को एक घरमा डाँकाको एक समूहले लुटपाटसँगै एकजनाको हत्यासमेत गरेको छ ।

बिहीबार राति डाँकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको प्रहरीले जनाएको छ । डाँकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन् ।  

चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाँकाहरूको खोजी भइरहेको बताएको छ।   
 

सुझावित समाचार